सिन्धुली खबर
सिन्धुली नेकपा कार्यालय ओली पक्षको कव्जामा
सिन्धुली–प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बुधबार सिन्धुली पार्टी कार्यालय कव्जा गरेको छ ।
कमलामाइ नगरपालिका ६ मा रहेको नेकपा कार्यालय आजाद स्मृति भवन ओली पक्षले कव्जामा लिएको हो । नेकपा गठन हु“दा सिन्धुली अध्यक्ष तत्कालिन माओवादीलाइ परेको थियो भने एमालेले सचिव पाएको थियो । जिल्लाध्यक्ष लेखनाथ दाहाल (राजन) प्रचण्ड– माधव पक्षमा छन् भने सचिव प्रदिप कटुवाल ओली पक्षमा छन् ।
ओली पक्ष नेकपा केन्द्रिय सदस्य महेश वस्नेतको उपस्थितीमा पार्टी कार्यालय कव्जामा लिएको विद्यार्थी नेता लालबहादुर बुढाथोकीले जानकारी दिए । तत्कालिन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घुसपैठ हुन नदिने उनको भनाइ थियो ।
ओली पक्ष यूवा संघ र अनेरास्ववियूको आयोजनामा ‘वर्तमान परिस्थितीको निकास ताजा जनादेश’ भन्दै नेता महेश वस्नेतको नेतृत्वमा बुधबार नै सिन्धुलीमाढीमा ¥याली निकालिएको छ । पार्टी कार्यालयबाट निस्किएको ओली पक्षको ¥याली, लोकतान्त्रिक चोकहु“दै धुराबजारमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेता वस्नेतले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । जनताको नासो जनतालाइ नै बुझाएर झण्डै दुइतिहाइ बहुमतका प्रधानमन्त्रीले ताजा जनादेश लिन चाहेकाले निर्वाचन १,२,३ हुने उनले ठोकुवा गरे । सर्वोच्चले संसद विघटनको मुद्धालाइ गम्भिर चासो लिइ प्रधानन्यायाधिशले नै हेरेकाले जनताको पक्षमा फैसला हुने उनको जिकिर थियो ।
आफ्नो पार्टी कार्यालय आफुले लिंदा र शान्तिपूर्ण कार्यक्रम विथोल्न खोज्ने प्रचण्ड–माधव पक्षलाइ जिल्लामै निषेध गरिदिने नेता वस्नेतले चेतावनी दिए । भ्रष्ट, जालीझेलीलाइ सत्ता नसुम्पिएर ताजा जनादेशमा जानु परेको नेता वस्नेतको स्पष्टोक्ती थियो । तत्कालिन माओवादीको खरो आलोचना गरेका उनले कांग्रेसले भने निर्वाचनमा जाने भनेर अदालतको आदेश कुरिरहेको भन्दै लोकतन्त्रको सच्चा पहरेदार कांग्रेस सभापति शेरबहादुर देउवा भएको बताए ।