पढ्नै पर्ने
सिन्धुली प्रदेशसभा ‘क’ मा युवा नेता कुँबरको उमेद्वारी घोषणा
सिन्धुली । नेपाल तरुण दल सिन्धुलीका सभापति बिजय कुँबरले आगामी मङसिर ४ गतेको हुन गई रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा सिन्धुलीको निर्बाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ बाट उमेद्वारी घोषणा गर्नु भएको छ ।
सिन्धुली जिल्लाका विभिन्न राजनीतिक दलले उक्त निर्बाचनको तयारी गरि रहेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसबाट प्रदेशसभा ‘क’ को सभापति समेत रहनु भएका लोकप्रिय युवा नेता कुँबरले उमेद्वारी घोषणा गर्नु भएको हो । प्रतिनिधिसभाको दुई वटा र प्रदेशसभाको चार वटा निर्बाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा नेपाली काँग्रेसबाट प्रदेशसभामा उमेद्वारी घोषणा गर्ने युवा बढी रहेका छन् ।
नेपाली काँग्रेस अन्तर्गतकै बीपी स्मृति प्रतिष्ठानको सभापति भएर उहाँले काम गरेर अनुभव सङगालि सक्नु भएको छ । यो भन्दा बाहेक उद्योग बाणिज्य सङघ सिन्धुलीको उपाध्यक्ष, एनफा जिल्ला फुटबल सङघ)को उपाध्यक्ष, र सिन्धुली अस्पताल विकास समितिको अध्यक्ष भएर समेत उहाँले सामाजिक क्षेत्रमा काम गरेर योग्दान पु¥याउनु छ ।
राजनितीसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहनु भएको नेता कुँबर अहिले प्रदेश सभा सदस्यको लागि योग्य र क्षमतावान उम्मेदवारको रुपमा काँग्रेसकै नेता तथा कार्यकर्ताले चिनिेका र बुझेका छन् ।
सिन्धुली निर्बाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा उमेद्वारी घोषणा गर्नुसँगै उहाँ निर्बाचन जित्न सक्ने बलियो र संभावित उमेद्वारको रुपमा देखा पर्नु भएको छ । पार्टीले बेलाबेलाम आह्वान गरेको आन्दोलन होस अथवा पार्टी भित्र संगठन बिस्तारका लागि लगनसिल र महत्वपूर्ण योगदान गर्नु भएका नेता कुँबरको उमेद्वारी घोषणाप्रति युवाहरु उत्साहित देखिएका छन् ।
उहाँले यस पटकको निर्बाचनमा सिन्धुली क्षेत्र नं. २ प्रदेससभा ‘क‘ बाट नेपाली काँग्रेसको उमेद्वारीमा दाबी रहेको र टिकट पाउनेमा पुरै आसाबादी रहेको बताउनुभयो । ‘मैलै टिकट पाएमा सबै साथिभाईको सहयोग रहनेमा म ढुक्क छु,’ नेता कुँबरले भन्नुभयो, ‘पार्टीले मैले गरेको कामको पनि मूल्याङन गर्ला । टिकट पाउनेमा म धेरै आसाबादी छु ।’
त्यसो त उहाँलाई नजिकबाट चिन्ने काँग्रेसकै एक कार्यकर्ताका अनुसार पनि प्रदेशसभा ‘क’ बाट कुँबर बलियो उमेद्वारको रुपमा देखा पर्नु भएको छ । उहाँ निर्बिकल्प उमेद्रवार हो । काँग्रेसले घोषणा गरेको आन्दोलन होस अथवा जुनसुकै कार्यक्रममा उहाँको मिहिनेत र लगनशिलताले अहिलेसम्म नेपाली काँग्रेसलाई बल पुगेको छ । उहाँले टिकटको रहर गर्नु अस्वभाविक होईन ।