खेलकुद

सुनकोसी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता पाँच बुँदे सहमतीपछि सुचारु गर्ने निर्णय


सिन्धुली । सिन्धुलीको सुनकोशी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता सहमतिपछि पुनः आईतबारदेखि सुचारु हुने भएको छ । 
बागमती प्रदेश सांसद बिनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, गाँउपालिका अध्यक्ष दिपा बाहोरा, वडा अध्यक्षहरु सहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको शुक्रबार दिउसोको बैठकमा उक्त खेलकुद प्रतियोगिता सुचारु गर्न पाँच बुदे सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले जानकारी दिनुभयो ।
बैठकले सबै वडाको सिफारिसमा फागुन १ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्ने, फागुन २ गते बिहान १० बजेबाट खेल सुचारु गर्ने, सबै टिमलाई खेलकुद मैदानमा व्यानर सहित राष्ट्रिय गान गाएर खेल सुचारु गर्ने, सबै कार्यपालिका सदस्य र विभिन्न पार्टी प्रतिनिधि, प्रहरी चौकी, संघ संस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्ने र खेलकुद विकास समितिका सबै कर्मचारीलाई राजिनामा दिन लगाउने सहमति भएको उहाँले बताउनुभयो । 
बिहिबार उद्घाटन भइ सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिता असन्तुष्ट पक्षले शुक्रबार विहान खेलमैदान तोडफोड गरेपछि अबरुद्ध बनेको गाँउपालिकाले जनाएको छ । सुनकोशी गाँउपालिका खेलकुद बिकास समितीका अध्यक्ष बिनोद श्रेष्ठले  खेलमैदान अराजक समूह आएर तोडफोड गरेको बताउनुभयो ।
उक्त समूहले खेल बिरुद्धमा नारा लगाएर कालो झण्डा देखाउदै खेल मैदानको गेट, मञ्च र तारबार, टेबुलकुर्सी, खेल सामग्री तोडफोड गरेको उहाँले जानकारी दिनुभयो 
बिरोध प्रदर्शनमा नेकपा ओली समूहका  बागमती प्रदेश सांसद बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’ का नेपाली कांग्रेस सभापती बोधबिक्रम थापा लगायत सुनकोशी गाँउपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडा अध्यक्ष सदस्य सहित पार्टीका समर्थकहरुको उपस्थिती रहेको स्थानीयले जनाएका छन् । 
बिरोधमा उत्रिएका टोलीले कालो झण्डा बोकेर खेलकुद बिकास समिति पुनर्गठन गर, एकाधिकार बन्द गर, गाँउपालिकाको दम्भ बन्द गर, बहुमतको कदर गर लगायतको नाराबाजी गरेको बताईएको छ ।  सरोकारवालाहरु र जनप्रतिनिधि बसेर छलफल गरी विवाद मिलाउने प्रयास भई रहेको बागमती प्रदेश सांसद बिनोद खड्काले बताउनुभयो । 
उक्त प्रतियोगितामा सात वटै वडाबाट पुरुष फुटबलतर्फ सात वटा, पुरुष भलिबलतर्फ सात वटा र ब्याडमिन्टन तर्फ पाँच वटा टिम दर्ता भएका थिए । प्रतियोगिताका समापन फागुन ३ गतेको लागि तयारी भएको थियो । प्रतियोगितामा फुटबलतर्फ प्रथम हुनेलाई नगद एक लाख रुपिया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ७५ हजार रुपिया मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ५० हजार रुपिया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।
त्यस्तै पुरुष भलिबलतर्फ प्रथम हुनेलाई नगद ६३ हजार रुपिया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार रुपिया, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ३८ हजार रुपिया, मेडल र प्रमाणपत्र बितरण गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई नगद २० हजार रुपिया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद  १५ हजार रुपिया, मेडल र प्रमाणपत्र बितरण गरिने छ । 
त्यस्तै ब्याड मिन्टनतर्फ प्रथम हुनेले नगद ४० हजार रुपिया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ३० हजार रुपिया, मेडल र प्रमाणपत्र र दुई जना सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १०÷१० हजार रुपिया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने