बिज्ञान/प्रबिधि

सिन्धुलीको घ्याङलेखका किसानलाई ५० प्रतिशत अनुदानमा मिल बितरण

बाबुराम देवकोटा
सिन्धुली । घ्याङलेख गाउपालिका- १ अमलेले ५० प्रतिशत अनुदानमा छ जना किसानलाई सोमबार कुटान पिसान गर्ने मिल बितरण गरेको छ । 
वडा अध्यक्ष रामकाजी घलानले एक समारोह बीच उक्त मिल किसानलाई हस्तान्तरण गर्नु भएको हो । सो अबसरमा उहाँले गाँउघरमा अहिले पनि ढिंकी, जाँतो र पानी घट्टको प्रयोग भई रहेको बेला किसानलाई प्रविधिसँग जोड्न उक्त मिल बितरण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डाँडाको टुप्पोमा घर छ, त्यसको फेदी (बेंसी) मा पानी घट्ट छ । त्यसमा पिसान गर्न आउदा लडेर ज्यानै जाने जोखिम बढेकाले पनि एक टोल, एक कुटान पिसान मिल बितरण गरेका हौं ।’
किसानले ४७ हजार रुपिया लगानी गरेपछि वडा कार्यालयले पनि त्यति नै रकम थपेर मिल खरिद गरि बितरण गरेको उहाँले सुनाउनुभयो । ५० प्रतिशत अनुदानमा मिलन बितरणका लागि वडा कार्यालयलाई यो बर्ष तीन लाख रुपिया बजेट आएको थियो । सोही रकमबाट मिल खरिद गरी बाँकी रहेको पैसा वडाकै खातामा रहेको उहाँको भनाई छ ।
उक्त वडामा धनबहादुर भोलन, नबिन सुनुवार, बिजबहादुर भोलन, रुकुमणी तामाङ, छानालामा थिङ र खड्गबहादुर थापाले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कुटानपिसान गर्ने मिल पाउनु भएको हो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने