स्वास्थ्य
हेण्ड्सद्वारा तेईस लाख रुपियाभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग
सिन्धुली । प्लान ईन्टरनेशनल नेपाल सिन्धुलीले जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्र र सिन्धुली अस्पताल कोभिड युनिटलाई २३ लाख रुपिया भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उक्त अन्तराष्ट्रिय संस्थाले जिल्लमा कोरोना भाईरस सङक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय साझेदार संस्था माफर्त मङगलबार जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्रलाई चार लाख ९९ हजार ३५६ रुपिया र सिन्धुली अस्पताल कोभिड युनिटलाई १८ लाख ३४ हजार ८८९ रुपिया मूल्य बराबरको विभिन्न किसिमका स्वास्थ्य सामग्री उपलब्ध गरेको जनाएको छ ।
प्लान ईन्टरनेशनलका सिन्धुली जिल्ला प्रतिनिधि मिना नापीत र साझेदार संस्थाको तर्फबाट मानब तथा राष्ट्र्रि बिकास सामाज (हेण्ड्स) नेपालका अध्यक्ष बासुदेव अधिकारीले उक्त सामग्री जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई हस्तान्तरण गर्नु भयो । त्यस्तै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेललाई सहयोग गरेको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भयो ।
जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा एन्टिजेन टेस्ट किट १५० थान, सर्जिकल मास्क १२ हजार थान, एन ९५ मास्क एक सय थान, पाच सय एमएलको सेनिटाईजर दुई सय बोतल, फेस सिल्ड ३५० थान, पिपिई सेट दुई सय थान र पञ्जा(ग्लोभ्स्) चार सय थान रहेको हेण्ड्स नेपालका सिकाइ परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै सिन्धुली अस्पताल कोभिड युनिटलाई सहयोग गरेको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर पाँच लिटरको पाँच थान, अक्सिजन कन्सन्ट्रेटर १० लिटरको पाँच थान, अक्सिजन कन्सन्ट्रेटर ४० लिटरको २० थान, आईसियु बेड एक थान, सर्जिकल मास्क १८ हजार सात सय थान, एन९५ मास्क १४० पिस, सेनिटाईजर पाँच सय एमएलको २४८ बोतल, फेस सिल्ड पाँच सय थान, पिपिई सेट एक सय थान, पञ्जा एक हजार थान र हेभिड्युटी पञ्जा ५० थान रहेको उक्त संस्थाले जनाएको छ ।
स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कोभिड १९ को सङक्रमणको लहरले विश्वलाई नै अक्रान्त बनाई रहेको बेला सिन्धुलीमा पनि कोभिडकका कारण ३७ जनाले ज्यान गुमाई सकेको बताउनुभयो । उहाँले हेण्ड्स नेपालले यसअघि पनि सात लाख रुपिया मूल्य बराबरको स्वास्थ्य सामग्री जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई सहयोग गरि सकेको सुनाउदै ती स्वास्थ्य सामग्री जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा पठाईने जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनल नेपालले सिन्धुली जिल्लाका स्थानीय साझेदार संस्था मानव तथा राष्ट्रिय विकास समाज (हेयाण्डस) नेपाल, सामुदायिक विकास कार्यक्रम रिलिफ नेपाल, नेपाल रेडक्रस सोसाइटी र जनजाति विकास समाज मार्फत जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्र र सिन्धुली अस्पताल कोभिड युनिटलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हेण्ड्स नेपालका सिकाइ परियोजना कार्यक्रम संचालक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।
फोटो क्याप्सन
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने स्वास्थ्य सामग्री बुझ्नु हुदै ।
तस्बिर ः बाबुराम देवकोटा, सिन्धुली