Slider
सिन्धुली निर्बाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा युवा नेता दाहालको उमेद्वारी दाबी
सिन्धुली । आगामी मङसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा मुलुक होमिएसँगै सिन्धुली जिल्लामा नेपाली काँग्रेसको उमेद्वारको आकांक्षी बढ्दै गएका छन् ।
प्रतिनिधिसभाको दुई वटा र प्रदेशसभाको चार वटा निर्बाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा नेपाली काँग्रेसबाट यस पटक उमेद्वार को को बन्ने चर्चा भई रहदा निर्बाचन क्षत्र नं. २ को प्रदेशसभा ‘क’ बाट लोकप्रिय युवा नेता कृष्णप्रसाद दाहालले उमेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाली काँग्रेसको क्षेत्रिय सभापति र जिल्ला कार्य समितिको सचिब भएर काम गरि सक्नु भएको नेता दाहाल बलियो र संभावित उमेद्वारको रुपमा चिनिनु हुन्छ । पार्टी भित्र संगठन बिस्तारका लागि लगनसिल र महत्वपूर्ण योगदान गर्नु भएका नेता दाहालको उमेद्वारी घोषणाप्रति कार्यकर्ता पनि उत्साहित देखिएका छन् ।
उहाँले जनबोली एक्सप्रेस अनलाईनसँगै कुरा गर्दै यस पटकको निर्बाचनमा सिन्धुली क्षेत्र नं. २ प्रदेससभा ‘क‘ बाट नेपाली काँग्रेसको उमेद्वारीमा दाबी रहेको बताउनुभयो । ‘म ढुक्क छु, सबै साथिहरुले सहयोग गर्नु हुने छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म मैले पदका लागि कतै लोभ गरिन । पार्टीले पनि त मुल्याङ्कन गर्ला । पार्टीले मैले गरेको कामको पनि मूल्याङन गर्ला । टिकट पाउनेमा म धेरै आसाबादी छु ।’
त्यसो त उहाँलाई नजिकबाट चिन्ने काँग्रेसकै एक कार्यकर्ताका अनुसार प्रदेशसभा ‘क’ बाट दाहाल नै निर्बिकल्प उमेद्रवार हो । काँग्रेसले घोषणा गरेको आन्दोलन होस अथवा जुनसुकै कार्यक्रममा उहाँको मिहिनेत र लगनशिलताले पनि अब त टिकटका लागि दाबी गर्नु अस्वभाविक पनि होईन । अब उहाँले टिकट पनि पाउनु पर्छ ।
काँग्रेसको संगठन बिस्तारका लागि पनि उहाँको उम्मेद्वारी अपरिहार्य रहेको छ । ‘दाहालको क्षमता नेपाली कांग्रेस पार्टी संगठन निर्माणमा बल पुर्याउने सम्मको भएको पार्टीले बुझेको ती कार्यकर्ताको बुझाई छ ।
नेता दाहाल यतिखेर नेपाली काङ्ग्रेस सिन्धुली निर्बाचन क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । दाहालले २०४७ सालबाट सिन्धुली बहुमुखी क्याम्पसको नेपाल बिद्यार्थी संघ क्याम्पस इकाई सभापती भएर उहाँले नेपाली काँग्रेसको राजनीति सुरु गर्नु भएको थियो । २०४८ सालमा पार्टीको क्रियाशिल सदस्य लिनु भएको दाहाल नेपाल बिद्यार्थी संघको जिल्ला सदस्य हुँदै तरुण दलको सदस्यमा रहेर संगठनमा बिस्तारमा लाग्नुभयो ।
२०६६ सालमा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापतिमा निर्बाचित भएपछी दाहाल झनै पार्टिका कार्यकर्ता बिच लोकप्रिय बन्नुभयो । राजनितीसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहनु भएको नेता दाहाल अहिले प्रदेश सभा सदस्यको लागि योग्य र क्षमतावान उम्मेदवारको रुपमा चिनिनु भएको छ ।